दफा ३६
श्रेणीविहीन कर्मचारीको स्तरवृद्धि सम्बन्धी व्यवस्था
(१) श्रेणीविहीन पदहरुको स्तर देहाय बमोजिम हुनेछः-
(क) प्रथम स्तर
(ख) द्वितीय स्तर
(ग) तृतीय स्तर
(घ) चतुर्थ स्तर
(ङ) पाँचौ स्तर
(२) श्रेणीविहीन पदमा शुरु नियुक्ति हुने कर्मचारीको प्रथम स्तर कायम हुनेछ ।
(३) दफा १०४ बमोजिम सजायको अभिलेख नभएको श्रेणीविहीन कर्मचारीको अख्तियारवालाले देहाय बमोजिम स्तरवृद्धि गर्नेछः-
(क) पाँच वर्ष वा सोभन्दा बढी तर दश वर्षभन्दा कम सेवा अवधि भएकोलाई द्वितीय स्तर,
(ख) दश वर्ष वा सोभन्दा बढी तर पन्ध्र वर्षभन्दा कम सेवा अवधि भएकोलाई तृतीय स्तर,
(ग) पन्ध्र वर्ष वा सोभन्दा बढी तर बीस वर्षभन्दा कम सेवा अवधि भएकोलाई चतुर्थ स्तर ।
(घ) बीस वर्ष वा सोभन्दा बढी सेवा अवधि भएकोलाई पाचौं स्तर ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि श्रेणीविहीन पदमा पच्चीस वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीलाई जुनसुकै कारणबाट अवकाश हुँदा छैठौं स्तर
कायम गरी सो स्तर बमोजिमको तलबमानको आधारमा निवृत्तभरण लगायतका अन्य सुविधा प्रदान गरिनेछ ।
(५) उपदफा (३) र (४) बमोजिमको स्तरका कर्मचारीहरुको तलबमान नेपाल सरकारले तोके
बमोजिम हुनेछ ।
(६) स्तरवृद्धि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।